Logo

आयोगले बोलायो प्रमुख पाँच दलका शीर्ष नेता, राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिने

आयोगले बोलायो प्रमुख पाँच दलका शीर्ष नेता, राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रमुख पाँच दलका शीर्ष नेताहरुलाई परामर्शका लागि बोलाएको छ ।आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनबारे छलफल गर्नका लागि शीर्ष नेताहरुलाई बोलाएको हो ।

राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ । सो निर्वाचनको मतदाता नामावली सार्वजनिक माघ ७ गते गर्ने आयोगले जानकारी दिएको छ ।

तर, हालसम्म प्रदेश प्रमुख नतोकिँदा प्रदेशको समानुपातिकको अन्तिम परीणाम समेत सार्वजनिक हुन सकेको छैन । आयोगले ५ गतेभित्रै प्रदेश प्रमुख नियुक्त नभए राष्ट्रियसभा निर्वाचनको समग्र कार्यतालिका नै प्रभावित हुन सक्ने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL