Logo

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कारबाही


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको बताए । साथै ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको जानकारीय दिए ।

आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ वटा गाडी प्रयोग गरेको उजुरी परेको थियो । यसैगरी कर्मचारीको सरुवा र काजसम्बन्धी ३१, विभिन्न निकायमा नयाँ कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन र करारमा भर्ना ११, निर्वाचनमा खटिने कर्मचारीको पाँच, विभिन्न समितिमा पदाधिकारी नियुक्ति र नगर तथा गाउँसभा सञ्चालनसम्बन्धी पाँच, मन्त्रिपरिषद् विस्तारसम्बन्धी एकवटा उजुरी दर्ता भएको थियो ।

गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत भदौ १४ देखि मंसिर २६ गतेसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL