Logo

एक महिनाभित्रै सेजमा बिजुली, २० मध्ये ७ मेवाको सम्झौता

एक महिनाभित्रै सेजमा बिजुली, २० मध्ये ७ मेवाको सम्झौता


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)मा एक महिना भित्रै विजुली उपलब्ध हुने भएको छ । औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकता सहित सञ्चालनमा ल्याउन लागिएको सेजका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा एक महिना भित्र उपलब्ध गराउन लागिएको हो ।

सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युत्को व्यवस्था नहुँदा भैरहवाको सेज संचालनमा आउन सकेको थिए । तर, एक महिनाभित्र भैरहवा सेजका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् ।

भैरहवा सेजमा सञ्चालन हुने उद्योगहरु नियमित सञ्चालनका लागि २० मेगावाट विद्युत आवश्यक पर्नेछ । तर, पहिलो चरणमा विद्युत प्राधिकरणले ७ मेगावाट उपलब्ध गराउने सहमति भएको उनले जानकारी दिइन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले २२ भन्दा बढी औद्योगिक प्रस्तावलाई सञ्चानका लागि स्वीकृत दिइसकेको छ । तुलनात्मक लाभ हुने क्षेत्रलाई केन्द्रित गरी स्थापना हुने उद्योगलाई कानूनअनुसार अधिकतम सहुलियत दिने नीति सरकारको रहेको जानकारी दिँदै आर्थिक क्षेत्रसँग सम्बन्धित ऐन तथा नीतिमा रहेका विषय एकअर्कामा बाझिएकाले संचालनमा आउन समय लागेको उनले बताइन् ।

संघीयताले पूर्णरुपमा काम गर्न थालेपछि मुलुकका ७ वटैै प्रदेशमा एक/एक वटा सेज सञ्चालनमा आउने उनले जानकारी दिइन् । सेज संचालनमा आएसँगै त्यसले रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक रुपमा चलायमान हुने उनको विश्वास छ ।

सचिव खतिवडाले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढे मात्र आर्थिक समृद्धिको बाटो सही अर्थमा तय गर्न सकिने भएकाले त्यसका लागि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताइन् /रासस

प्रतिक्रिया दिनुहोस्
MBL