Logo

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्श बमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL