Logo

आतङ्कवादीलाई सहयोग गरेको भन्दै चीनका १३ हजार अवैध वेभसाइट बन्द

आतङ्कवादीलाई सहयोग गरेको भन्दै चीनका १३ हजार अवैध वेभसाइट बन्द


बिजखबर संवाददाता
27
Shares

बेईजिङ । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको छ ।

चिनियाँ संसद्को स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् ।

यो अवधिमा अरु २ हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए ।

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ ।

सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ । रासस/ सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL