Logo

क्यान अध्यक्षमा हेमन्त चौरसिया, कार्यसमिति सदस्य पनि निर्विरोध

क्यान अध्यक्षमा हेमन्त चौरसिया, कार्यसमिति सदस्य पनि निर्विरोध


बिजखबर संवाददाता
1.2k
Shares

काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को अध्यक्षमा हेमन्तकुमार चौरसिया निर्विरोधन चयन भएका छन् । क्यायनको बिहीबार भएको उम्मेदवारी दर्तामा उनको मात्र मनोनयन परेपछि निर्वाचन कमिटिले निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेको हो ।

क्यानका अनुसार केन्द्रीय अध्यक्षलगायत केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा सदस्यहरु सबै पदमा निर्विरोध रुपमा चयन भएको हो । जस अन्तगरगत अध्यक्ष सहित ३६ सदस्यीय केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमिति निर्विरोध रुपमा चयन भएको छ ।

क्यानको विधान अनुसार अन्य पदाधिकारी भने कार्यसमितिले नै चयन गर्ने छ । हाल निर्विरोध निर्वाचित भएका सदस्याहरुबाटै बरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्क्षलगायतका पदाधिकारी चयन गर्नेछ ।

निर्विरोध चयन भएका केन्द्रीय तथा तथा प्रदेश कार्यसमितिको सूचि

 

 

प्रतिक्रिया दिनुहोस्
MBL