Logo

जिल्ला शिक्षा कार्यालयको सूचनाप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण, भन्छ ‘हाम्रो काममा हस्तक्षेप नगर’

जिल्ला शिक्षा कार्यालयको सूचनाप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण, भन्छ ‘हाम्रो काममा हस्तक्षेप नगर’


बिजखबर संवाददाता
513
Shares

काठमाडौं । काठमाडौं महानगरले जिल्ला शिक्षा कार्यालय काठमाडौं लाई संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन नगराउन सचेत गराएको छ ।

मंगलबार महानगरका प्रमुख प्रशाशकीय अधिकृत धनिराम शमाले एक प्रेस विज्ञप्ति जारी गर्दै पुस १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनको सूचनामा महानगरको ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तिमा नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ ।
साथै स्थानीय तहको निर्वाचनपछि, स्थानीय सरकार गठन भइसकेको र स्थानीयसरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको हुनाले जिल्ला शिक्षा कार्यालय, काठमाडौंलाई शिक्षक सरुवा, नियुक्ति लगायतका काम नगर्न आग्रह गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्रको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेबारी स्थानीय सरकारको कार्य क्षेत्रभित्र गइसकेको हुनाले आगामी दिनमा यस प्रकारका काम भए ती कामलाई महानगर मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL