Logo

समानुपातिकतर्फको मत गणना सकियो, अन्तिम परिणाम सार्वजनिक गर्दै आयोग

समानुपातिकतर्फको मत गणना सकियो, अन्तिम परिणाम सार्वजनिक गर्दै आयोग


बिजखबर संवाददाता
1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन अयोगका अनुसार मंसिर १० र २१ गते भएको दुबै चरणको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकको ७७ वटै जिल्लामो मतगणना सकिएको तर अन्तिम मत परिणाम भने नआईसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘हाल सबै जिल्लाबाट मत परिणाम संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘आज बेलुकासम्म अन्तिम मतपरिणाम आइसक्छ ।’

आयोगका अनुसार हालसम्मको नतिजा अनुसार प्रतिनिधिसभातर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरी अग्र स्थानमा रहेको छ । यसैगरी शुरुदेखि नै एमालेलाई पच्छ्याइरहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरी दोस्रो स्थानमा हरेको छ ।

प्रत्यक्षतर्फ दोस्रो ठूलो दल बनेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको छ । यसैगरी राष्ट्रि पार्टीमा समावेश भएको मधेषकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी नेपालको ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ प्राप्त गरेको छ ।

यसैगरी, विवेकशीला साझा पार्टी २ लाख १२ हजार ३ सय ६३ मत प्राप्त गरी छैठौं स्थानमा रहेको छ भने राप्रपाको १ लाख ९६ हजार ७ सय ८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिले ८८ हजार ३ सय ७७ सय मत प्राप्त गरेको छ ।

आयोगका अनुसार नयाँ शक्तिको ८१ हजार ८ सय ३७ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाको ६२ हजार १ सय ३४ मत आएको छ । अन्य दलको जम्मा ३ लाख ५५ हजार १ सय ९२ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL