Logo

प्रतिनिधिसभातर्फ ९० स्थानको नतिजा सार्वजनिक, हेर्नुहोस कसले कहाँ जिते (सूचि सहित)

प्रतिनिधिसभातर्फ ९० स्थानको नतिजा सार्वजनिक, हेर्नुहोस कसले कहाँ जिते (सूचि सहित)


बिजखबर संवाददाता
1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तरगत ९० स्थानको नजिता सार्वजनिक भएको छ । हालसम्मको नजिता अनुसार बामगठबन्धनले ७१ स्थानमा जित हासिल गरेको छ । जसमध्ये नेकपा एमालेले ५२ र माओवादी केन्द्रले २० स्थानमा विजयी भइसकेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस १० स्थानमा विजयी भई तेस्रो स्थानमा रहेको छ । यसैगरी राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमले ३/३ स्थानमा विजयी भएका छन् । साथै नयाँ शक्तिका डा. बाबुराम भट्टराई र स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधिसभामा जित हासिल गरेका छन् ।

यसैगरी मतगणना भइरहेका स्थानमा पनि बामगठबन्धनकै अग्रता रहेको छ । हालसम्म बामगठबन्धनले ४३ स्थानमा अग्रता जिएको छ । जसमा एमाले ३० र माओवादी केन्द्रले १३ स्थानमा अग्रता लिइरहेका छन् । यस्तै नेपाली कांग्रेसले १४ स्थानमा अग्रता लिइरहेको छ ।

एमालेकातर्फबाट

मनाङ्मा पाल्तेन छोपाङ गुरुङ
मुस्ताङमा प्रेमप्रसाद तुलाचन,
म्याग्दीमा भुपेन्द्रबहादुर थापा
मुगुमा गोपालबहादुर बम
जुम्लामा पदमबहादुर रोका
बझाङमा भैरबबहादुर सिंह
बाजुरामा लालबहादुर थापा
डोल्पामा धनबहादुर बुढा
दार्चुलामा गणशसिंह ठकुन्ना
बाग्लुङमा सूर्यराज पाठक
ताप्लेजुङमा योगेश भट्टराई
ललितपुरमा कृष्णलाल महर्जन
धादिङ १ मा भूमी त्रिपाठी
काठमाडौंमा कृष्णबहादुर राई
मोरङ ३ मा भानुभक्त ढकाल
मोरङ ६ मा लालबाबु पण्डित
काठमाडौं ८ मा जीवनराम श्रेष्ठ
ओखलढुंगामा यज्ञराज सुनुवार
सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङ
मोरङ १ मा धनश्याम खतिवडा
काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ
धादिङ २ मा खेमप्रसाद लोहनी
दोलखामा पार्वत गुरुङ
मोरङ ४ मा अमनलाल मोदी
पाँचथर मा वसन्तकुमार नेम्वाङ
वैतडी मा दामोदर भण्डारी
काठमाडौं २ मा माधवकुमार नेपाल
दैलेख १ मा रविन्द्रराज शर्मा
कास्की २ मा रविन्द्र अधिकारी
गुल्मी २ मा गोकर्ण विष्ट
ललितपुर १ मा नवराज सिलवाल
धनकुटा मा राजेन्द्रकुमार राई
खोटाङ मा विशाल भट्टराई
कास्की ३ मा जगतबहादुर विश्वकर्मा
रुपन्देही २ मा विष्णुप्रसाद पौडेल
भक्तपुर २ मा महेश बस्नेत
मकवानपुर २ मा विरोध खतिवडा
दैलेख २ मा राजबहादुर बुढा क्षेत्री
मकवानपुर १ मा कृष्णप्रसाद दाहाल
सिन्धुली १ मा गणेशकुमार पहाडी
कास्की १ मा खगराज अधिकारी
इलाम १ मा झलनाथ खनाल
झापा ४ मा एलपी साँवा
रुपन्देही–३ मा घनश्याम भुसाल
सुर्खेत १ मा ध्रुवकुमार शाही
गुल्मी १ मा प्रदिपकुमार ज्ञवाली
पाल्पा २ मा सोमप्रसाद पाण्डेय
नुवाकोट २ मा नारायणप्रसाद खतिवाडा
कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता
दाङ ३ मा हिराचन्द्र केसी
पर्वत मा पदम गिरी

काठमाडौं ५ मा इश्वर पोखरेल

माओवादी केन्द्र

पूर्वी रूकुम मा कमला रोका
रुकुम पश्चिम मा जनार्दन शर्मा
बागलुङ २ मा देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १ मा अग्नि सापकोटा
ललितपुर ३ मा पम्फा भुसाल
मोरङ ४ मा अमनलाल मोदी
लमजुङमा देव गुरुङ
जाजरकोटमा शक्तिबहादुर बस्नेत
जुम्लामा गजेन्द्रबहादुर महत
सोलुखुम्बूमा हेमकुमार राई
मोरङ ५ मा शिबकुमार मण्डल
कालिकोटमा दुर्गाबहादुर रावत
दाङ २ मा कृष्णबहादुर महरा
भोजपुरमा सुदन किराँती
गोरखा १ मा हरिराज अधिकारी
उदयपुर २ मा सुरेशकुमार राई
सिन्धुली २ मा हरिवोल गजुरेल
रामेछापमा श्याम श्रेष्ठ
रोल्पामा वर्षमान पुन
नुवाकोट २ मा हितवहादुर तामाङ

कांग्रेस

काठमाडौं १ मा प्रकाशमान सिंह
काठमाडौं ४ मा गगनकुमार थापा
रसुवा मा मोहन आचाय
काठमाडौं १० राजनकुमार केसी
मोरङ ५ मा मिनेन्द्र रिजाल
काठमाडौं ६ मा भिमसेनदास प्रधान
रौतहट २ मा मोहम्मद अफताब आलम
डडेलधुरा मा शेरबहादुर देउवा
रुपन्देही–५ मा भरतकुमार शाह
रुपन्देही ४ मा प्रमोदकुमार यादव

समाजवादी फोरम

सप्तरी–२ मा उपेन्द्र यादव
बाँके २ मा मोहम्मद ईश्तियाक राई
सप्तरी १ मा डा। सुर्यनारायण यादव

राष्ट्रिय जनता पार्टी नेपाल

धनुषा ३ मा राजेन्द्र महोतो
रौतहट १ मा अनिलकुमार झा
सप्तरी ३ मा चन्द्रकान्त चौधरी

अन्य

हुम्लामा स्वतन्त्र छक्कबहादुर लामा
गोरखा २ मा डा.बाबुराम भट्टराई नयाँ शक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्
MBL