Logo

३६ स्थानको नतिजा, एमालेले २३ स्थान जित्दा माओवादी ७ र कांग्रेस ५ स्थानमा विजयी, ८० स्थानमा बामअग्रता (सूची सहित)

३६ स्थानको नतिजा, एमालेले २३ स्थान जित्दा माओवादी ७ र कांग्रेस ५ स्थानमा विजयी, ८० स्थानमा बामअग्रता (सूची सहित)


बिजखबर संवाददाता
1.7k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनले ३० स्थानमा जित हासिल गरेको छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेले २३ र माओवादी केन्द्रले ७ स्थानमा जित हासिल गरेको हो ।

पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले अझै पनि ८० स्थानमा आफ्नो अग्रता कायम राखिरहेको छ । जसमध्ये एमालेले ५३ र माओवादी केन्द्रले २७ स्थानमा अग्रता कायम राखेका हुन् ।

यसैगरी नेपाली कांग्रेसले १८ स्थानमा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ भने समाजबादी फोरम ८ र राष्ट्रिय जनता पार्टीले ६ स्थानमा अग्रता लिइरहेका छन् । यस्तै अन्य दलले पनि ३ स्थानमा अग्रता लिएका छन् ।

शुरुमा मनाङबाट खाता खोलेको एमाले काठमाडौंलगायत विभिन्न २३ स्थानमा आफ्नो जित निकालेको छ ।

एमालेकातर्फबाट
मनाङ्मा पाल्तेन छोपाङ गुरुङ
मुस्ताङमा प्रेमप्रसाद तुलाचन,
म्याग्दीमा भुपेन्द्रबहादुर थापा
मुगुमा गोपालबहादुर बम
जुम्लामा पदमबहादुर रोका
बझाङमा भैरबबहादुर सिंह
बाजुरामा लालबहादुर थापा
डोल्पामा धनबहादुर बुढा
दार्चुलामा गणशसिंह ठकुन्ना
बाग्लुङमा सूर्यराज पाठक
ताप्लेजुङमा योगेश भट्टराई
ललितपुरमा कृष्णलाल महर्जन
धादिङ १ मा भूमी त्रिपाठी
काठमाडौंमा कृष्णबहादुर राई
मोरङ ३ मा भानुभक्त ढकाल
मोरङ ६ मा लालबाबु पण्डित
काठमाडौं ८ मा जीवनराम श्रेष्ठ
ओखलढुंगामा यज्ञराज सुनुवार
सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङ
मोरङ १ मा धनश्याम खतिवडा
काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ
धादिङ २ मा खेमप्रसाद लोहनी
दोलखामा पार्वत गुरुङ
मोरङ ४ मा अमनलाल मोदी

यसैगरी माओवादी केन्द्रकोतर्फबाट प्रनिनिधिसभामा हालसम्म ७ जना विजयी भएका छन् । पूवी रुकुमबाट विजयी यात्रा शुरु गरेको माओवादी केन्द्रले ललितपुर सहित ५ स्थानमा जित निकालेको हो ।

माओवादीकोतर्फबाट
पूर्वी रुकुममा कमला रोक
रुकुम पश्चिममा जनार्दन शर्मा
बागलुङ २ मा देवेन्द्र पौडेल
सिन्धुपाल्चोक १ मा अग्नि सापकोटा
ललितपुर ३ मा पम्फा भुसाल
सोलुखुम्बु हेमकुमार राई
जाजरकोटमा शक्ति वस्नेत

हालसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसकातर्फबाट ५ जना विजयी भएका छन् ।

कांग्रेकोतर्फबाट
काठमाडौं १ मा प्रकाशमान सिंह
काठमाडौं ४ मा गगन थापा
रसुवामा जनार्दन ढकाल
काठमाडौं १० मा राजन केसी
मोरङ ५ मा डा. मिनेन्द्र रिजाल
तर, हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबाहादु शाहीले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL