Logo

भुकम्प प्रभावित ३१ जिल्लामा खटिए इञ्जिनियर, ७६५ जना परिचालन

भुकम्प प्रभावित ३१ जिल्लामा खटिए इञ्जिनियर, ७६५ जना परिचालन


बिजखबर संवाददाता
837
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प प्रभावित ३१ वटा जिल्लामा इञ्जिनियर तथा सव इन्जिनियर खटाएको छ ।

प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सव इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सपथ खुवाएर कार्यस्थलमा खटाएका हुन् ।

शपथ समारोहलाई सम्बोधन गर्दै भुसालले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न नवनियुक्त प्रविधिज्ञहरुलाई आग्रह गरे । ‘सेवाभावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्नु, मानवीय सेवामा पक्षपात नगरी काम गरौं,’ उनले भने, ‘इञ्जिनियरको सुरक्षाका लागि बीमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर काम गर्नुस ।’

भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्रविधिज्ञले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL