Logo

महानगरभित्रको विकाश निर्माणमा समन्वय गर्न कामपाको आग्रह, अन्यथा कारवाही गर्ने चेतावनी

महानगरभित्रको विकाश निर्माणमा समन्वय गर्न कामपाको आग्रह, अन्यथा कारवाही गर्ने चेतावनी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र हुने विकास निर्माणका काममा समन्वय गर्न पूनः आग्रह गरेको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृत्ति देखिएको भन्दै यस्तो अनुरोध गरेको हो ।

यस कार्यको सुधारका लागि महानगरपालिकाबाट पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत आफू खुशी काम गर्ने प्रवृत्ति नरोकिएको भन्दै महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘मूल सडक तथा फुटपाथ लामो समयसम्म मर्मत सम्भार नगर्दा महानगरपालिकाले धुँवा धुलो नियन्त्रण एवं सहरी वातावरणको सुधारकालागि “क्लिन द सिटी” अभियान र सहरी जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर परेको छ ।

सहरी पूर्वाधार विकास एवं सहरी सेवा सुविधा वितरणमा काम गर्ने विषयगत साझेदार कार्यालयहरुलाई पुुनः अनुरोध गरेको हो ।

आगामी दिनमा यसो हुन नसकेमा, महानगरबासीको हितलाई ध्यानमा राखी आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ ।

साथै, महानगर क्षेत्रभित्र भवन निर्माण गर्दा सार्वजनिक सडक, सडक किनारा र सार्वजनिक स्थलमा निर्माण सामाग्री थुपार्ने र सार्वजनिक आवागमन तथा सार्वजनिक प्रयोगलाई वाधा पार्ने कार्य नगर्न/नगराउन महानगरबासीमा अनुरोध गरेको छ ।

यस सूचनाको अवज्ञा गरी सहरी व्यवस्थापनमा आँच आउने काम गर्नेमाथि प्रचलित कानूनबमोजिम हदैसम्मको जरिवाना गरिने समेत बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL