Logo

थाइल्याण्डमा कार दुर्घटना, १२ जना म्यान्मालीको निधन

थाइल्याण्डमा कार दुर्घटना, १२ जना म्यान्मालीको निधन


बिजखबर संवाददाता
135
Shares

बैंकक ।  थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र एकजना थाई चालक गरी १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

म्यानमारका नागरिक थाई भ्रमणमा रहेका बेला सो भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । उक्त कार ट्रकसँग ठोक्किन पुग्दा त्यसमा रहेका १२ म्यान्माली नागरिक र कार चालक एकजना थाइको ज्यान गएको बताइएको छ ।

सो कारका चालक रहेका थाई नागरिक पनि उक्त दुर्घटनामा परी मारिएका छन् । प्रहरीले उक्त दुर्घटनामा परी मारिएकाको पहिचान हुन नसकेको बताएको छ ।

थाइल्याण्डमा यहाँको बाटोको अवस्थाका कारण सडक दुर्घटना धेरै हुने गरेका छन् । यहाँ हरेक बर्ष २४ हजार जना नागरिकले सडक दुर्घटनाबाटै ज्यान गुमाउने गरेका छन् ।

उक्त कारमा पर्यटकका रुपमा थाइल्याण्ड घुम्न आएका नागरिक थिए । सडकमा गुडिरहेको यो कारलाई बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

प्रहरीले मारिएका म्यान्मालीको पहिचानका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । रासस/एएफपी)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL