Logo

चौधरी समुहले तिर्यो ७८८करोड कर, संस्थागत घरानाबाट तिरिने कर वर्गीकरण नगर्दा सम्मानित नभएको दावी

चौधरी समुहले तिर्यो ७८८करोड कर, संस्थागत घरानाबाट तिरिने कर वर्गीकरण नगर्दा सम्मानित नभएको दावी


बिजखबर संवाददाता
270
Shares

काठमाडौं । चौधरी समुहले १ वर्षमा ७ अर्ब ८८ करोड कर तिरेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

आफुहरुले ७ अर्ब ८८ करोडको कर तिरेपनि सरकारले संस्थागत घरानाबाट तिरिने करलाई वर्गीकरण नगर्दा आफूहरु सम्मानित हुनबाट छुटेको दावी गरेको छ ।

त्यस्तै कम्पनीले विज्ञप्ति मार्फत अधिक कर बुझाउने व्यक्तिका रुपमा सम्मानित करदाताहरुलाई बधाई ज्ञापन गरेको छ ।

साथै यस्तो वर्गीकरण तथा सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने उल्लेख गरेको छ ।

चौधरी समूहले आर्थिक वर्ष २०७२र७३ मा राजस्वमार्फत् राज्यलाई कुल ५५९.९७ करोड योगदान गरेको प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । उक्त आर्थिक वर्षमा संकलन गरेको कुल राजश्वको १.४८ प्रतिशत हुने समूहको दावी छ ।

त्यस्तै आर्थिक वर्ष २०७३र७४ मा सिजीले ७८८ करोड राजश्व योगदान गरेको पनि जनाएको छ । जुन, राजश्व अघिल्लो वर्षको
तुलनामा ४० प्रतिशतले बढी हो ।

चौधरी समुहको शेयरधनीहरुले लाभांश लिनुअघि कम्पनीले नै ऐन अनुसार राजस्व तिर्ने र राजस्व तिरिसकेपछि मात्र लाभांश प्राप्त गर्ने हुनाले सेयरधनीहरुले राजस्व तिरेपनि व्यक्तिगत करको रुपमा प्रतिविम्वित नहुने गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL