Logo

लैनचौरस्थित आफ्नै भवनमा सर्यो हाथवे, निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनी बनाउने प्रतिबद्धता

लैनचौरस्थित आफ्नै भवनमा सर्यो हाथवे, निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनी बनाउने प्रतिबद्धता


बिजखबर संवाददाता
378
Shares

काठमाडौं । आइएमई समुहद्रारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ ।
आइतबार एक कार्यक्रमबीच नयाँ भवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे ।

सो अवसरमा कम्पनीका संचालकहरु तथा समुहमा सम्वद्घ पदाधिकारीहरुको उपस्थीती थियो । स्थापनाको छोटो समयमा नै पुँजिबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ ।

पुँजिबजारका अलवा दीर्घकालिन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको छ । यस कम्पनीले विगतमा समस्याग्रत रहेका एन.वि.इन्स्योरेन्स कम्पनी लि. र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापुर्वक संचालनमा ल्याएको छ ।

उद्घाटनमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए ।

यसै गरी प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका विचमा कम्पनीले गरेको प्रगती यसै कम्पनीका लगानीकर्ता तथा संचालकहरुको विषेश योगदानको प्रतिफल रहेको चर्चा गरे ।

नेपाल स्टक एक्सचेन्जको ओटिसी मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओटिसी मार्केट मार्फत शेयर खरिद विक्री गर्न सक्ने र कम्पनीको रु ५० प्रति कित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL