Logo

एनालग च्यानल बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

एनालग च्यानल बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर


बिजखबर संवाददाता
2.4k
Shares

काठमाडौं । सरकारले पुरानो प्रविधिको टेलिभिजन (एनालग) च्यानल सेवा बन्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । सरकारले केही समय अघि पुरानो एनालग प्रविधिको केबुल टेलिभिजन बन्द गर्ने निर्णय गरेको थियो ।

सोका विरुद्ध राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् सरकारको सो निर्णयले जनताको सूचनाको हकको हनन् भएको उल्लेख गर्दै संविधान विपरित उक्त निर्णय खारेज गर्न आदेशको माग गरिएको छ ।

डिजिटल प्रणालीको बहानामा विदेशी ‘सेट अप बक्स’ किन्न लगाएको उल्लेख गर्दै सरकारले यसबाट मोटो रकम कमिसन खाने नियत रहेको रिट निवेदनमा दाबी गरिएको छ ।

रिट निवेदनमा सरकारी निर्णयले नेपालको संविधानको धारा १९ को उपधारा (१), (२) र (३) तथा धारा २७ को प्रावधानको उल्लंघन भएको जनाइएको छ । धारा १९ मा प्रकाशन तथा प्रसारण संस्था बन्द नगर्ने तथा धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
MBL