Logo

डा. महतमाथि बम आक्रमण, उनले भने, ‘मेरो हत्याको प्रयास गरियो’

डा. महतमाथि बम आक्रमण, उनले भने, ‘मेरो हत्याको प्रयास गरियो’


बिजखबर संवाददाता
7.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली बम विस्पोट गराइएको छ । नुवाकोट जिल्ला क्षेत्र नं १ का काग्रेसका उम्मेदवार समेत रहेका महतलाई चुनावी कार्यक्रममा जाँदा विस्पोट गराइएको हो ।

डा. महतले बिजखबरसँग कुराकानी गर्दै यो घटना गम्भीर भएको र आफ्नो हत्या गर्ने मनसायले शक्तिशाली विस्पोट गराइएको प्रतिक्रिया दिएका छन् । ‘यो गम्भीर घटना हो यसको तुरुन्तै छानवीन गरी दोषीमाथी कडा कारबाही गरिनुपर्छ,’ उनले भने, ‘यसमा प्रतिपक्षी उम्मेदवार र उनको पार्टीको संलग्ता हुन सक्छ ।’ उनीहरुमा पुरानो मानसिकता अझै पनि जड बनेर बसेको छ र उनीहरु सुध्रिदैनन भन्ने यहि नै उदाहरण भएको उनको दाबी छ ।

नुवाकोटका जनताको ब्यापक समर्थन आफ्नो पक्षमा देखिएपछि प्रतिस्पर्धी उम्मेद्वार अतालिएर यस्तो घटना गराएको हुनसक्ने डा. महतको दाबी थियो । उनको प्रतिस्पर्धीमा माओबादी नेता हितबहादुर तामाङ रहेका छन् ।

महतलाई लक्षित गरी गराइएको एम्वुसमा पंचकन्याका उपेन्द्र मिश्र सहित कांग्रेसका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनलाई लक्षित गरी विस्पोट गराइएपनि डा. महत चढ्ेको बा.१४ च ७०४१ नम्बरको गाडी कटिसकेको हुँदा कार्यकर्ता चढेको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको थियो । विस्पोटबाट सो गाडी उछिटिएर बाटामुनि पुगेको थियो ।
महत चुनावी प्रचार अभियानको क्रममा ककनी गाँउपालिको चतुराले जाने क्रममा बाटोमा विस्पोट गराइएको थियो । विस्पोट सो गाउँपालिकाको वडा नं. ५ काउलेथानामा गराइएको थियो ।

बम विस्फोटबाट घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ । विस्फोटबाट गाडी पूर्ण रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL