Logo

एसीसी यू- १९ मा नेपालद्वारा भारत पराजित

एसीसी यू- १९ मा नेपालद्वारा भारत पराजित


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । एसीसी यू- १९ युथ एसिया कपमा नेपालले भारतलाई पराजित गरेको छ । मलेशियामा जारी सो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो ।

नेपालले भारतलाई ५० ओभरको समाप्तीमा ८ विकेट गुमाउँदै १ सय ८५ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको भारतलाई नेपालले १० विकेट लिँदै १ सय ६६ रनमा सिमित पार्यो ।

नेपाली कप्तान दिपेन्द सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले भारतमाथी ऐतिहासिक जीत निकालेको हो । उनले ब्याटिङमा ८८ रन ल्याए भने बलिङतर्फ ४ विकेट लिएका थिए ।
नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

सो खेलमा कप्तान ऐरी खेलको म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
MBL