Logo

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ


बिजखबर संवाददाता
216
Shares

साउदी अरेबियाले शनिबार राती त्यहाँका ११ जना राजकुमार र पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको सूचना सार्वजनिक गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको साउदीको नयाँ संरचनाले ११ राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको हो ।

साउदीका युवराज मोहम्मद बिन सालेमको अध्यक्षतामा भ्रष्टाचारको अनुशन्धान गर्न राजदरबारले नयाँ कमिटी बनाएको केही घन्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुको नाम भने सार्वजनिक नभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

त्यसो त भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेहरुलाई के कस्ता दण्ड सजाय दिने भन्नेबारे पनि खुलाइएको छैन । केही विश्लेषकहरुले राजकुमार मोहम्मदको आक्रामक विदेशी नीतिको प्रतिरोध गर्नेहरु पक्राउनमा परेको टिप्पणी गरेका छन् । साभार : टेलिग्राफ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL