Logo

पनामा पेपर्सको एक खोज पत्रकार, डफ्ने कारुअनाको कार बम विष्फोटमा मृत्यु

पनामा पेपर्सको एक खोज पत्रकार, डफ्ने कारुअनाको कार बम विष्फोटमा मृत्यु


बिजखबर संवाददाता
0
Shares

पनामा पेपर्स काण्ड सार्वजनिक गर्न मूख्य भुमिका निर्वाह गरेकी पत्रकार डफ्ने कारुअना गलिजियाको मृत्यु भएको छ । उनको माल्टामा कारबम विष्फोटमा मृत्यु भएको छ । राजनितीज्ञहरुले उनको मृत्युलाई माल्टामा नियम कानुन हराएको संज्ञा दिएका छन् ।

सोमबार गलिजियालाई श्रद्धाञ्जलि दिन हजारौं माल्टाबासी जम्मा भएका थिए । उनले हालै आफ्नो चर्चित ब्लगमा अन्तिम पोष्ट गरेकी थिइन् ।

‘सबैतिर तपाँईको बदनाम गर्ने मात्र छन् । स्थिती राम्रो छैन’ उनले आफ्नो ब्लगमा लेखेकी थिइन् । त्यसको केहीबेरै उनको मृत्यु भएको हो ।
गलिजियाले आफु विरुद्ध मार्ने धम्की आएको भन्दै दुई हप्ता अघि पुलिस रिपोर्ट गरेकी थिइन् ।

उनको खोजी रिपोर्टिङले धेरै प्रधानमन्त्री, राजनितीत्रलगायत धेरै शत्रु बनेका थिए । उनलाई महिला विकिलिक्सको संज्ञा दिइएको थियो । साथै उनको ब्लग माल्टाका अन्य समाचारमाध्यम भन्दा बढी चर्चित थियो ।

गलिजियाको मृत्युलाई प्रतिपक्षी नेता एड्रिएन देलियले पोलिटिकल मर्डरको संज्ञा दिएका छन् । एजेन्सि/

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL