Logo

माओवादी केन्द्रको युटर्न : तत्काल सरकारबाट नहट्ने

माओवादी केन्द्रको युटर्न : तत्काल सरकारबाट नहट्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने भएको छ । दिउसो २ बजे पत्रकार सम्मेलन गरेर सरकार छाड्ने बताउँदै आएको माओवादीले पुनः सरकार नछाड्ने निर्णय गरेको हो ।

आफुहरु सरकारबाट हट्दा चुनाव सार्ने सड्यन्त्र हुने भन्दै तत्काल सकारले नछाड्ने निर्णय गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए ।

‘यहाँ विभिन्न बाहनामा निर्वाचन सार्ने षडयन्त्र हुँदैछ,’ उनले भने, ‘त्यसलाई तलमाथी हुन नदिनका लागि पनि माओवादी केन्द्रले तत्काल सरकारबाट हट्ने छैन ।’ सरकार र पदको लोभ नभएपनि आगामी निर्वाचनको लागि भएपनि सरकारमा बस्नु पर्ने बाध्यता भएको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL