Logo

सरकारबाट बाहिरिदै माओवादी केन्द्र

सरकारबाट बाहिरिदै माओवादी केन्द्र


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माओवादी केन्द्रले सरकाररबाट बाहिरिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले मंगलबार सरकार छोड्न लागेको हो ।

सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा लिएर मन्त्रिपरिषद बिस्तार गरि माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउन लागेपछि सरकार छाड्न लागेको हो ।

यता माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL