Logo

कात्तिक ५ गतेदेखि ठमेलमा सवारीसाधन प्रवेशमा रोक

कात्तिक ५ गतेदेखि ठमेलमा सवारीसाधन प्रवेशमा रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कात्तिक ५ गतेदेखि ठमेलमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले संयुक्त रुपमा सवारीसाधन प्रवेशमा रोक लगाउन लागेको हो ।

प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा कडाइ गरिने उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । साथै अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गरिने समेत उनको भनाई थियो ।

महाशाखाले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने भएको छ भने ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिनेछ । यस्तै ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL