Logo

एनआरएनएको अध्यक्षमा भट्ट र घलेको उम्मेदवारी दर्ता

एनआरएनएको अध्यक्षमा भट्ट र घलेको उम्मेदवारी दर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को चुनाब हुँदै छ । नयाँ नेतृत्वका लागि आज चुनाब हुँदैछ।

अध्यक्षका लागि उपाध्यक्ष भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम समयमा जमुना घलेलाई उम्मेदवारी फिर्ता लिन पहल गरिएको थियो ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महत्तो र पूर्व अध्यक्ष जीबा लामिछानेले सर्वसम्मतिका लागि प्रयास गरेपनि सो विफल भएको छ ।

घलेको प्यानलबाट महासचिव पदमा त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् भने भट्टको प्यानलबाट बद्री केसीले उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्षहरुमा भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र रहेका छन् भने घले टिममा सोनाम लामा र खगेन्द्र जिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL