Logo

एनआरएनको विश्व सम्मेलन शुरु, अध्यक्षमा कसले मार्ला बाजी ?

एनआरएनको विश्व सम्मेलन शुरु, अध्यक्षमा कसले मार्ला बाजी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भाग लिन विश्वभरका नेपाली काठमाडौं आएका छन् ।
एनआरएनको विश्व सम्मेलनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

यस पटक एनआरएनको अध्यक्ष पदका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले उम्मेदारीको घोेषणा गरेका छन् । भट्ट हाल उपाध्यक्ष हुन् । जमुना घले हालका अध्यक्ष शेष घलेका श्रीमती हुन् । त्यस्तै कार्की एनआरएनका पूर्व उपाध्यक्ष हुन् ।

घलेको प्यानलबाट महासचिव पदमा त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् भने भट्टको प्यानलबाट बद्री केसीले उम्मेदवारी दिएका छन् । यसैगरी उपाध्यक्षहरुमा भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र रहेका छन् भने घले टिममा सोनाम लामा र खगेन्द्र जिसी रहेका छन् । उपाध्यक्षमै उम्मेदवारी घोषण गरेका चिरञ्जीवी थापा भने अहिलेसम्म दुवै प्यानलमा रहेको स्रोतले बताएको छ ।

यसैगरी महिला उपाध्यक्षमा सपिला राजभण्डारी भट्ट प्यानल र रन्जु वाग्ले घले प्यानलबाट उठ्ने तयारी गरेकी छिन् । एनआरएनका अनुसार भट्टलाई पूर्व अध्यक्ष द्वय डा. उपेन्द्र महत्तो र जीबा लामिछानेको समर्थन रहेको छ भने घलेलाई पूर्व अध्यक्ष देवमान हिराचन र संघका संरक्षक इन्द्रा बनको समर्थन रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL