Logo

परराष्ट्रमन्त्री महरा र आइटिसीका सिइओबीच भेट, नेपाली वस्तुको ब्रान्डिङ र मार्केटिङमा ध्यान दिन सुझाव

परराष्ट्रमन्त्री महरा र आइटिसीका सिइओबीच भेट, नेपाली वस्तुको ब्रान्डिङ र मार्केटिङमा ध्यान दिन सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजसँग शिष्टाचार भेट भएको छ ।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा आर्थिक कुटनीति तथा वहुपक्षीय व्यापार प्रवद्र्धनलगातका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको र त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गरे ।

साथै नेपाली घरेलु उत्पादनको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘नेपालको संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचनहरु चरणवद्धरुपमा अगाडि बढेको छन्’ उनले भने ‘सबै निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायित्व कायम भइ नेपाल द्रुत आर्थिक विकासमा अगाडि बढ्छ ।’

आफूले परराष्ट्र मन्त्रालय सम्हालेदेखि परम्परागत कुटनीति भन्दा पनि आर्थिक कुटनीतिलाई विशेष प्राथमिकता दिएको भन्दै विश्वका अधिकांश मुलुकले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर सम्बन्ध विस्तार गरिरहेको बताए ।

सो अवसरमा कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको बताइन्  । साथै उत्पादन, ब्रान्डिङ र मार्केटिङमा ध्यान दिन सुझाए ।

नेपालका उत्पादनहरु कफी, चिया, अलैंची एवम् नेपाली कागज अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको र ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने उनले जानकारी दिइन्  ।

आर्थिक कुटनीतिका माध्यमबाट नेपालका उत्पादनहरु विश्व बजारमा प्रवद्र्धन गर्न सकिने उनले बताइन्  ।

प्रतिक्रिया दिनुहोस्
MBL