Logo

साढे २ हजारमा ५० हजारको बीमा, यस्ता छन् सेवा सुविधा

साढे २ हजारमा ५० हजारको बीमा, यस्ता छन् सेवा सुविधा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । व्यवस्थापिका संसदले स्वास्थ्य बीमा विधेयक पारित गरेको छ । यो विधेयक पारित भएसँगै वार्षिक २ हजार ५ सय प्रिमियममा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार निःशुल्क गर्न सकिने भएको छ ।

यस अघि सरकारले गुरु योजनाको रुपमा ८ जिल्लामा स्वास्थय बीमा कार्यक्रम लागू गरेको थियो भने थप ८ जिल्लामा गर्ने तयारी गरेको थियो । तर विधेयक पारित भएसँगै सबै जिल्लामा कार्यान्वयनमा आउने भएको छ ।

पारित विधेयक अनुसार खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवाहरुमा बीमा लागू हुनेछ । यसैगरी हवाई एम्बुलेन्स बाहेकको एम्बुलेन्स सेवा र नेपाल सरकारले निःशुल्क तोकेका अन्य सेवाहरुमा समेत बीमाले समेट्नेछ ।
साथै बहिरङ्ग, भर्ना उपचार, आकस्मिक उपचार, औषधि, शल्यक्रिया, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवाको लागि पनि बीमा योजना लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL