Logo

अमेरिकाको फेड्रिकवर्ग नगर र काठमाडौं महानगरवीच भगिनी सम्बन्ध

अमेरिकाको फेड्रिकवर्ग नगर र काठमाडौं महानगरवीच भगिनी सम्बन्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विश्वव्यापी विकास अभ्यासको सूचना तथा ज्ञानले समृद्धिमा टेवा पुग्ने बताएका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा शिष्टाचार भेटका लागि अमेरिकाको भर्जिनिया स्टेटको फेड्रिकवर्गकी नगर प्रमुख मेरी क्याथरिन ग्रीनलसँग कुराकानी गर्दै प्रमुख शाक्यले स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताए ।

सो अवसरमा शाक्यले २०७२ सालको भूकम्पले पु¥याएको क्षतिका विषयमा उल्लेख गरेका थिए । साथै काठमाडौंको सांस्कृतिक पक्ष जोगाउन समुदायसँग मिलेर, आफ्नै प्रयत्नमा र अन्तरराष्ट्रिय सहयोगमा काम भइरहेको जानकारी दिए ।

भेटमा फेड्रिक नगरका मेयर ग्रीनलले भर्जिनिया स्टेटको सांस्कृतिक एवं सामाजिक पक्षमा चर्चा गर्दै काठमाडौं र फ्रेड्रिकवर्गवीच जोडिन सक्ने नागरिक एवं सरकारस्तरीय सम्बन्ध प्रवल रहेको बताए ।

विकास र जीवन पद्धतिका रोचक पक्षको संयोजनले सहरी समृद्धि बढ्ने मेयर ग्रीनलको भनाइ थियो ।

मेयर ग्रीनलको नेतृत्वमा आएको १० सदस्यीय टोलीमा नगरका अधिकारी, नागरिक तथा ग्लोवल पीस फाउन्डेसनका अध्यक्षसहितको सहभागिता थियो ।

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन वाट ४५ माइल अर्थात् ७२ किलोमिटर दक्षिण र भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल अर्थात् ९३ किलोमिटर उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो ।

प्रतिक्रिया दिनुहोस्
MBL