Logo

नेपाल खाद्य बैंकका अध्यक्ष श्रेष्ठलाई ‘ओसन युथ फर पिस अवार्ड’, सम्मान थाप्न नाइजेरिया जाँदै

नेपाल खाद्य बैंकका अध्यक्ष श्रेष्ठलाई ‘ओसन युथ फर पिस अवार्ड’, सम्मान थाप्न नाइजेरिया जाँदै


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाल खाद्य बैंकका अध्यक्ष रामराज श्रेष्ठलाई नाइजेरियाले वल्र्ड आइकन अफ पिसको रूपमा सम्मानित गरिने भएको छ ।
यही अक्टोवरको २२, २३ र २४ तारिखमा हुने कार्यक्रममा उनलाई ओसन युथ फर पिस अवार्ड २०१७ बाट सम्मान गर्न लागिएको हो । वल्र्ड इन्ष्टिच्युट अफ पिस नामक संस्थाको आयोजना हुन लागेको सो कार्यक्रममा अवार्ड लिनका लागि श्रेष्ठ केही दिनभित्रै नाइजेरिया जाने भएका छन् ।

श्रेष्ठले बिचौलिया बिहिन कृषि बजारिकरण, खाद्य सम्प्रभुता, क्षमता अभिबृद्धिका साथै खाद्य सुरक्षामा अन्तराष्ट्रिय योगदान पुर्याएबापट यो अवार्डबाट सम्मानि गर्न लागिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको विषयवस्तु भने द रोल अफ युथ इन पोलिटिक्स (राजनीतिमा युवाको भूमीका) भन्ने रहनेछ ।

नेपाल खाद्य बैंक लिमिटेड नुवाकोटमा दर्ता भएर खाद्य सुरक्षामा विश्व भरी नै उदाहरणीय कार्य गर्दै आएको छ । यो विश्व कै पहिलो कोमोडिटी बैंक तथा ग्रेन बैंक (डिजिटल बार्टर्ड सिस्टम) बाट चल्ने बैंकिङ प्रणालीमा आधारित बैंक हो ।

जसलाई नाईजेरियाको इलोरिन बिश्वबिद्यालयले १५ हजार हेक्टर जग्गामा काम गर्न आव्हान गरेको छ भने ओसुन राज्य सरकारले १ हजार हेक्टर र नाइजेरियाको राजाले ३ सय हेक्टर जमिनमा व्यवसायीक खेती गर्न मौखिक सहमती भएको छ ।

विचौलिया विहीन कृषि बजार र खाद्य सम्प्रभुताको क्षेत्रमा काम गर्ने उद्धेश्यले स्थापना भएको नेपाल खाद्य बैंक मातहत नेपालको अलावा नाइजेरियामा समेत काम गर्ने भएको छ । नाइजेरियामा कृषिको क्षेत्रमा काम गर्नको निम्ति प्रारम्भिक छलफल तथा सहमति भएको समेत श्रेष्ठले जानकारी दिए ।

नाइजेरियामा हुन लागेको उक्त कार्यक्रममा नाइजेरियाका पूर्व मन्त्री डा. रासि पेल्पुओ सहित भारत, बेइजिङ लगायतका विज्ञहरु समेत वक्ताको रुपमा सहभागि हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL