Logo

आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै

आजदेखि बडादशैं शुरु, घरघरमा जमरा राखिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबारदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरिँदैछ ।

आज विहानै उठी स्नान गरेर पूजास्थलमा विशेष घडा थापिने र पूजा गर्ने चलन छ । घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ रोपिन्छ ।

नौ दिनमा तयार भएको जौका जमरा देवीको प्रसादस्वरूप मान्यजनको हातबाट लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टिका लगाई आर्शिबाद लिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL