Logo

किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, १९ सदस्यीय कार्यसमिति चयन

किराना व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ, १९ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । संघको हालै सम्पन्न वार्षिक साधारण सभाले उनलाई उध्यक्षमा निर्वाचित गरेको हो ।

उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्ष टंकप्रसाद शेरचन, महासचिव सुवास वजाज, सचिवमा ओमप्रकाश वंशल, कोषाध्यक्ष प्रकाशभाई पटेल र सहकोषाध्यक्ष दिपक कुमार फैजु रहेका छन् ।

यसैगरी सदस्यहरुमा पवनकुमार अग्रवाल, नरेशकुमार गोपाल, कृष्णकुमार कलवारशाह, विपिन गुप्ता, संजय अग्रवाल, प्रभात मिश्र, रविकुमार गुप्ता, राजेन्द्रभक्त श्रेष्ठ, राजकुमार गुप्ता, सतिष गुप्ता, मरोजकुमार गुप्ता , रामनारायण गुप्ता , सन्तोष खेतान र रामेश्वर फैजु रहेको संघले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL