Logo

धनुषामा राजपा विजयी, हंशपुरको मेयरमा मण्डल र उपमेयरमा झा

धनुषामा राजपा विजयी, हंशपुरको मेयरमा मण्डल र उपमेयरमा झा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाधनमा राष्ट्रिय जनता पार्टी नेपालले खाता खोलेको छ । निर्वाचाको मत गणना भइरहदा धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३२० मत पाए । त्यस्तै रेणुदेवीले ३ हजार २७६ मत पाएकी छिन् ।

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत ल्याएका थिए । त्यस्तै उपमेयरका उम्मेदवार कांग्रेसका रामकुमारी कामतले ३०२७ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL