Logo

स्थानीय तह तेस्रो चरणको निर्वाचन, ३५ प्रतिशत मत खस्यो

स्थानीय तह तेस्रो चरणको निर्वाचन, ३५ प्रतिशत मत खस्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा हालसम्म ३५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको र १२  बजेसम्म आईपुग्दा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार हालसम्म प्रदेश नं. २ मा सौभाद्धरुपमा मदतान भइरहेको छ । सो निर्वाचनबाट प्रदेश २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा जनप्रतिनिधि चयन हुनेछ । सो निर्वाचन अनन्तरगत सर्लाही जिल्लामा १ सय १६ बर्षीय भैरबबहादुर दमाईले समेत मदतान गरेका आयोगले जानकारी दिएको छ ।

२ नम्बर प्रदेशमा स्थानीय तहको मेयर, उपमेयर, गाउपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्य गरी कुल ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ने छ । तर, ५ बजेभित्र लाईनमा बसेका मतदाताले उक्त लाईन नसकुन्जेल मतदान गर्न पाउने आयोगले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL