Logo

आइतबारदेखि ललितपुर जाममुक्त महानगर, चिरीबाबु भन्छन् ‘प्रतिबद्धता पुरा गरे’

आइतबारदेखि ललितपुर जाममुक्त महानगर, चिरीबाबु भन्छन् ‘प्रतिबद्धता पुरा गरे’


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आइतबारदेखि ललितपुर महानगरपालिका ट्राफिक जाममुक्त शहर भनिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको पहलमा ट्राफिक जाममुक्त शहर घोषणा गरिएको हो।

‘ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर’ मुख्य नारासहित आइतबार एक कार्यक्रम आयोजना गरी ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै जाममुक्त शहरको घोषणा गरेका हुन्।

सो अवसरमा मेयर महर्जनले निर्वाचनको समयमा गरेको प्रतिवद्धता पुरा भएको बताए । ‘निर्वाचनको समयमा ललितपुर महानगरलाई ट्राफिक मुक्त शहर बनाउने प्रतिवद्धता गरेको थिए’ उनले भने, ‘आज पुरा गरे ।’

साथै उनले सबैलाई ट्राफिक जाममुक्त शहर बनाउन सहयोग गर्न पनि आग्रह गरे। सो अवसरमा महानगर प्रमुख महर्जनले ललितपुरका तीन ठाउँमा ट्राफिक लाइट र दुई ओटा आकासे पुल निर्माण गर्ने योजना रहेको सुनाए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL