Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा कोरिया साउथ इष्टको सहयोग, परराष्ट्रमन्त्रीलाई बुझाए १ करोड

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा कोरिया साउथ इष्टको सहयोग, परराष्ट्रमन्त्रीलाई बुझाए १ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड २ लाख ५७ हजार सहयोग गरेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परराष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वन उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरे ।

उपप्रधानमन्त्री महराले कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि सहयोग गरेको प्रति धन्यवाद समेत व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिएका थिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशुली–१ परियोजान भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी दिए । साथै विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गरे ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL