Logo

दशैंका लागि बुधबारदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने

दशैंका लागि बुधबारदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार साट्न पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैंको लागि बुधबारदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । त्यस्तै यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।

सरकारी बैंकमा नोट साट्न जाँदा भने प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल बैंकको न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।

कृषि बिकास बैंकको सबै उपत्यकाका सबै शाखामा नयाँ नोट साट्न पाइनेछ । बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् ।

निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL