Logo

सर्वोच्चले टुंग्यायो आइजीपी नियुक्ति विवाद, नवराज सिलवालको रिट खारेज, दिए राजिनामा

सर्वोच्चले टुंग्यायो आइजीपी नियुक्ति विवाद, नवराज सिलवालको रिट खारेज, दिए राजिनामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै दायर गरेको रिट खारेज गरेको हो ।

प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।
बरियतामा एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाएको भन्दै सिलवाल अदालत गएका थिए ।

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४.४ र सिलवालको १५२ .२ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो ।

यसैबीच डीआईजी सिलवालले सर्वोच्चको फैसला आउने वित्तिकै विज्ञप्ती जारी गर्दै पदबाट राजिनामा दिएका छन् । पछिल्लो समय प्रहरी संगठनमा विभिन्न किसिमले हस्तक्षप हुने गरेको र अहिलेसम्म अफु त्यसकै विरुद्ध लडेको उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै आफु त्यसैको सिकार बन्न पुगेको समेत उनले बताएका छने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL