Logo

नारायणगढ-मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ने, सुरक्षाका लागि प्रहरी परिचालन

नारायणगढ-मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुल्ने, सुरक्षाका लागि प्रहरी परिचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुल्ने भएको छ । दशैँ, तिहार र छठलाई लक्षित गर्दै २४ घण्टा सञ्चालन गर्न लागेको हो ।

निर्माणाधिन सो सडक विस्तारका क्रममा पहिरो खस्ने समस्या बढेपछि असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ ।

चाडपर्वमा यात्रुको चाप बढी हुने भन्दै रातमा पनि सडक खुल्ला गर्न लागेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ ।

यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । त्यस्तै राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।

त्यस्तै सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने तथा गाडी बिग्रिएमा तत्काल हटाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL