Logo

सेती अञ्चल बाहेक अन्य स्थानमा अग्रीम टिकट बुकिङ् खुल्यो, व्यवसायीको अडान यथावत

सेती अञ्चल बाहेक अन्य स्थानमा अग्रीम टिकट बुकिङ् खुल्यो, व्यवसायीको अडान यथावत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सेती अञ्चल बाहेक अन्य स्थानमा दशैंका लागि बसको अग्रीम टिकट बुकिङ खुला गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले आफ्नो माग पुरा नगरेसम्म दशैंका लागि अग्रीम टिकट बुकिङ खुला नगर्ने अडान राखेपनि बसपार्कका टिकट काउण्टर र विभागको पहलमा खुलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनाराण भट्टराइले बताए ।

विभागले दशैंको अग्रीम टिकट बुकिङको अनुगमनलाई समेत तिव्रता दिएको उनले जानकारी दिए । ‘व्यवसायीले कानुन विपरितका बसमा छत राख्न पाउने पर्ने माग राखेर अग्रीम टिकट बुकिङ खुला नगर्ने अडान राख्दै आएका छन्,’ उनले भने, ‘तर, विभागले गैर कानुनी काममा सहमति जनाउन सक्दैन ।’ महासंघले टिकट बुकिङ खुला नगर्ने अडान राखेपनि सम्बद्ध व्यवसायी तथा टिकट काउण्टरहरुले सेती अञ्चल बाहेकका स्थानका लागि अग्रीम बुकिङ खुला गरिसकेका छन् ।’

यातायात व्यवसायीले २० गतेबाट बाग्लुङ, सल्यान, स्याङ्जा, म्याग्दी लगायतका स्थानमा जाने बसको अग्रीम टिकट बुकिङ खुला गरिसकेका थिए । आजदेखि पूर्वाअञ्चललगायतका क्षेत्रमा जाने बसको अग्रीम टिकट बुकिङ खुला भएको भट्टराइले जानकारी दिए । ‘म भर्खरै मात्र टिकट बुकिङ खुला भएको छ वा छैन भन्ने विषयमा बसपार्कमा अनुगमन गरेर फर्किएको छु,’ उनले भने, ‘अनुगनको क्रममा सेती अञ्चलमा जाने सवारीसाधन बाहेक अन्य स्थानको बुकिङ खुला भएको पाइएको छ ।’ सेती अञ्चलमा जानका लागि बाटो विग्रीएका कारण ३÷४ दिनपछि मात्र खुला गर्ने सहमति भएको समेत उनले जानकारी दिए ।

विभागले अनुगमनको क्रममा १६ वटा सवारीसाधनलाई कारबाहीको दायरामा ल्याएको छ । कतिपय सवारीसाधनले संचालनका लागि इजाजपत्र नलिएको भेटियो भने केही सवारीसानधको जाँचपास नै फेल भएको उनले जानकारी दिए । साथै बसमा छत राखेर संचालन गर्नेलाई समेत ऐन अनुसार कारबाही गरिने उनले बताए ।

यता महासंघले भने बसमा छत राख्न पाउनु पर्ने तथा मुग्लिन–नारायणगढ सडकखण्ड सहज रुपमा संचालनमा ल्याउनुपर्ने माग राख्दै अग्रीम टिकट बुकिङ खुला गर्न नसक्ने बताउँदै आएका छन् । अहिले केही कम्पनीले आफुखुशी अग्रीम टिकट बुकिङ खुला गरेपनि महासंघकोतर्फबाट आधिकारीक रुपमा खुला नगरिएको महासंघका पर्यटन तथा बर्गीय संयोजक पुर्षोत्तम सिंखडाले जानकारी दिए ।

सरकारले अनावश्यक रुपमा बखेडा निकालेर बसमा छत राख्न दिएको छैन,’ उनले भने, ‘यदि छत नराख्ने हो भने यात्रुका सामान कहाँ राखेर लैजाने ?’ कि सरकारले यात्रुको सामान नलैजाउ भन्न सक्नुपर्छ यदि लैजाने हो भने बसमा छत राख्नु दिनुपर्ने उनको भनाइ थियो ।
यसैगरी व्यवसायीका माग अनुरुप सरकारले बाटो मर्मतका लागि पनि चासो नदेखाएको उनको आरोप छ । ‘हामीले एक चरणमा सबै क्षेत्रका बाटो अनुगम गरेर आइसक्यौं,’ उनले भने, ‘अहिलेकै अवस्थामा अग्रीम टिकट बुकिङ खुला गरेर चलाउन सक्ने अवस्था छैन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL