Logo

प्रदेश र संसदको निर्वाचन २ चरणमा गर्ने निर्णय, दोश्रो चरणको चुनाव मंसिर २१ गते

प्रदेश र संसदको निर्वाचन २ चरणमा गर्ने निर्णय, दोश्रो चरणको चुनाव मंसिर २१ गते


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सोहि अनुसार मंसिर २१ गते अर्को मिति तय गरेको हो ।

निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।

यसअघि सरकारले मंसिर १० गते का लागि मिति तोकेको थियो । चुनाव कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL