Logo

नेपाल व्यवस्थापन संघ र पीएचडीबीच समझदारी, वैदेशिक लगानी प्रबद्र्धनमा जोड

नेपाल व्यवस्थापन संघ र पीएचडीबीच समझदारी, वैदेशिक लगानी प्रबद्र्धनमा जोड


बिजखबर संवाददाता
0
Shares

नेपाल ब्यवस्थापन संघ र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजबीच ‘इन्डो नेपाल जीएसटी मीट’मा सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल व्यवस्थापन संघका तर्फबाट संघका सभापति ई. सुशील भट्ट र पीएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि, भारतका तर्फबाट संस्थाका अध्यक्ष गोपाल जेवरजकाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ दिल्लीस्थित पिएचडी हाउसमा नेपाली व्यापारी प्रतिनिधि मण्डल र नीति निर्माताहरुलाई लक्षित गरि आयोजित विशेष जीएसटी मिटमा उक्त हस्ताक्षर भएको हो । भारत भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उद्योग र वाणिज्य क्षेत्रको विकास, विस्तार, प्रत्यक्ष विदेशी लगानी प्रवद्र्धन र प्रविधि हस्तान्तरणका क्षेत्रमा अध्ययन एवं अनुसन्धान, उपयुक्त र सामयिक नीतिगत ब्यवस्थाका लागि पैरवी, उपयुक्त जनशक्ति विकास गर्ने लक्ष्य सहित उक्त समझदारी भएको हो । साथै समझदारी अनुसार दक्ष र प्रभावकारी ब्यवस्थापन सहित प्राविधिक तथा आर्थिक क्षेत्रमा पारस्पारिक सहयोग आदानप्रदान गर्ने उद्देश्य लिइएको छ ।

समझदारी अनुसार दुबै संस्थाहरुले व्यवसायिक सम्बन्ध स्थापना गरी पारस्पारिक सहयोगको आधारमा दुवै मुलुक, दुवै संस्था र त्यसमा आवद्ध सदस्यहरुलाई प्रत्यक्ष लाभ पुर्याउने क्षेत्र पहिचान गरी कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL