Logo

सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ निशुल्क, सर्वोच्चले गर्यो खारेज

सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ निशुल्क, सर्वोच्चले गर्यो खारेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक (ट्रायल) परीक्षा दिन शुल्क नलाग्ने भएको छ । सर्वोच्च अदालतले ट्रायल परीक्षा दिँदा लिने शुल्क नलिन भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रायलाई निर्देशन दिएसँगै यातायात ब्यवस्था विभागले निशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि ‘श्री भेइकल सोलुसन एन्ड रिसर्च सेन्टर’ ले विभागसँग सम्झौता गरी सेवाग्राहीलाई गाडी उपलब्ध गराए बापत परीक्षार्थीसँग पैसा लिँदै आएको थियो । तर, त्यसरी शुल्क लिनु अवैधानिक भन्दै दीपक पराजुलीले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै यस अघि लिएको शुल्क खारेज गर्न अन्तरिम आदेश जारी गरेको हो ।

हाल भेइकल सेन्टरले विभागसँगको सम्झौता अनुरुप गाडी उपलब्ध गराए बापत परीक्षार्थीसँगै मोटरसाइकलको ४७ रुपैयाँ, स्कुटरको ४६ रुपैयाँ, कारको ९३ रुपैयाँ, जिपको १ सय २३ रुपैयाँ, भ्यानको १ सय २२ रुपैयाँ, टेम्पोको १ सय ६३ रुपैयाँ, मिनीबसको २ सय ९ रुपैयाँ र बसको २ सय ११ रुपैयाँ लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL