Logo

संविधान संसोधन विधेयक फेल, दुई तिहाईलाई ४१ मत पुगेन

संविधान संसोधन विधेयक फेल, दुई तिहाईलाई ४१ मत पुगेन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले अघि बढाएको संविधान संसोधन विधेयक फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संशोधन विधेयक फेल भएको हो ।

संविधान संसोधनमा कुल ५ सय ५३ जना सभासद् उपस्थित भएका थिए जसमध्ये ३ सय ४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए भने २ सय ६ जनाले विपक्षमा मतदान गरेका थिए । मालेका ५ जना सभासदले भने मतदान सुरु हुनु अघि नै संसोधन प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिस्कार गरेका थिए ।

हाल संसदमा ५ सय ९२ जना सभासद् छन् । संविधान संसोधनका लागि जसको दुई तिहाई बहुमत अर्थात ३ सय ९५ मत चाहिन्छ । तर, संसोधनको पक्षमा आवश्यकभन्दा ४१ मत कम खसेको थियो । तराई मधेस केन्द्रीत दल र सरकार समर्थित दलले संविधान संसोधनका लागि चैत २३ गते संशोधन विधेयक दर्ता गरेको थियो । लामो समयसम्म त्यतिकै रोकिएको सो विधेयक संसोधनमा मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL