Logo

बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण

बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई फाउन्डेशनले बाढीपीडितहरुका लागि राहत वितरण गरेको छ । फाउन्डेशनले बाढीपहिरोबाट पीडित घर परिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेको थियो ।

आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रूपका स्थानी यव्यावसायीक साझेदारहरुले दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबार विहीन हुन पुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय साउन ३० गते गरेको थियो । सोही अनुरुप केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुमार्फत वितरणलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL