Logo

संविधान संशोधनमा सरकार र राजपाबीच सहमती, राजपा चुनावमा जान तयार

संविधान संशोधनमा सरकार र राजपाबीच सहमती, राजपा चुनावमा जान तयार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी (राजपा) बीच संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधनको पेश गर्ने सहमति भएको हो । साथै उक्त प्रस्ताव प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन सहमती समेत भएको छ ।

मन्त्रिपरिषद्बाट अगाडि बढाउनुपर्ने विषय छिटो टुङ्गो लगाउने र संविधान संशोधनलाई अगाडि बढाउन दुई पक्षबीच सहमति भएको राजपाले जानकारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संविधान संशोधनलाई सहयोग गर्ने र जसले गर्दा पास हुने अवस्था सिर्जना भएकाले जस्तो नतिजा आएपनि स्वीकार गर्ने रणनीतिमा राजपा पुगेको हो ।

यस अघि राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान लिँदै आएको थियो । तर, बिहीबार मात्रै सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थपको निर्णय कार्यान्वयन नगर्न यसअघि आफैले दिएको अन्तरिम आदेश खारेज गरेको छ । जसले गर्दा राजपा र सरकारलार्य सो सम्बन्धमा निर्णय गर्ने समेत सहज भएको स्रोतले जानकारी दिएको छ ।

तस्विरः फाइल

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL