Logo

निगमले बढायो पेट्रोलियम ढुवानी क्षतिपूर्ति, अझै अड्को थाप्दै व्यवसायी

निगमले बढायो पेट्रोलियम ढुवानी क्षतिपूर्ति, अझै अड्को थाप्दै व्यवसायी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयाल निगमले व्यवसायीलाई दिँदै आएको क्षतिपूर्तिको परिमाण बढाएको छ । निगमले पेट्रोलियम ढुवानीमा व्यवसायीलाई दिँदै आएको क्षतिपूर्तिमा पेट्रोलमा १० र डिजेलमा ३ लिटर बढाएको हो ।

निगमले यस अघि व्यवसायीलाई ४ हजार लिटर पेट्रोलियम ढुवानी गर्दा पेट्रोलमा ३५ लिटर र डिजेलमा २५ लिटर प्राबिधिक नोक्सानीको क्षतिपुर्ति दिँदै आएको थियो । अबका दिनमा ४५ र २८ लिटर क्षतिपूर्ति पाउने भएका छन् ।

आजैबाट लागू हुनेगरी क्षतिपूर्ति वापतको परिमाण बढाइएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए । ‘हामीले सबैको सहमतिमा क्षतिपूर्ति बापतको परिणाम बढाउने निर्णय गरेका हौं,’ उनले भने, ‘उक्त सहमतिसँगै अब बजारमा पेट्रोलियम बितरण सहज हुनेछ ।’

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले हिजो बिहीबारदेखि आफ्नो माग पुरा नभएसम्म डिपोबाट पेट्रोल नै नउठाउने निर्णय गरेका थिए । निगमले क्षतिपूर्ति बढाएपनि आफुहरु त्यसमा अझै सहमत नभइसकेको एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘हामी अझै पनि छलफलमा छौं,’ उनले भने, ‘निमगले एकतर्फी रुपमा बढाएको छ त्यसमा के गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको छ ।’ निगम लचक देखिएकाले केही समयभित्रै यस बिषयमा टुङ्गो लाग्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL