Logo

ठेकेदारले पैसा नदिएपछि मेलम्चीको काम बन्द, मन्त्रीसहितको निर्णायक वार्ता बिहीबार

ठेकेदारले पैसा नदिएपछि मेलम्चीको काम बन्द, मन्त्रीसहितको निर्णायक वार्ता बिहीबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी डि रभेनाले स्थानीय ठेकेदारलाई पैसा नदिएपछि विवाद शुरु भएको छ । सीएमसीले पैसा नदिएको भन्दै स्थानीय ठेकेदारले मेलम्ची आयोजना निर्माणको काम नै ठप्प पारेका छन् ।

आयोजना निर्माणको जिम्मा पाएको सीएमसीले स्थानीय ठेकेदारलाई दिनुपर्ने रकम लामो समयदेखि नदिएकाले विवाद शुरु भएको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । ‘मुख्य ठेकेदारले सीएमसीले स्थानीय ठेकेदारलाई काम लगाएर लामो समयदेखि झण्डै ३० करोड रुपैयाँ जति भुक्तानी दिएको रैनछ,’ उनले भने, ‘स्थानीय ठेकेदारले कामको भुक्तानी नपाएर अवरोध गरेपछि हामीले दुबै पक्षलाई राखेर सहमति गराउन लागेका छौं ।’

उनीहरुले केही दिन सम्पूर्ण काम नै ठप्प पारेको र जसले गर्दा तोकिएको समयमै मेलम्चीको काम सम्पन्न गर्न कठिन हुने उनले जानकारी दिए । ‘दुबै पक्षलाई मिलाउन अहिले खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव ज्यूले नै पहल गरिरहरनु भएको छ,’ उनले भने, ‘यस विषयमा मन्त्री ज्यूको नेतृत्वमा बिहीबार निर्णयक वार्ता बस्दैछ ।’ स्थानीय ठेकेदारले केही दिन काम ठप्प बनाएपनि सोमबारबाट केही काम अघि बढेको उनले जानकारी दिए । साथै आयोजनाले बुधबार मेलम्चीको मुहान तथा हालसम्म भएको प्रगतिको बारेमा अनुगमन गरिने भएको छ ।

आयोजनाले २०७४ दशै भित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम अघि बढाएको थियो । कुल साढे २७ किलोमिटर सुरुङमार्ग मध्ये अब २ दशमलव २ किलोमिटर खन्न बाँकी रहेको छ । सो स्थानमा कमसल चट्टा फेला परेको तथा सुरुङ् खन्दा जमिनको पानी समेत देखा परेकाले निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ हुने उनले जानकारी दिए । ‘हामीले दशैभित्रै मेलम्ची आयोजना ल्याउने गरी द्वुत गतिमा काम अघि बढाइरहेका छौं,’ उनले भने, ‘स्थानीय ठेकेदारको बन्दहड्ताल तथा भौगोलिक स्थितीले गर्दा १/२ महिना ढिलााई हुनपनि सक्छ ।’

मेलम्चीको पानी भण्डारण गर्न सुन्दरीजलमा साढे ८ करोड लिटर पानी अट्ने क्षमताको ट्यांकी समेत निर्माण भइसकेको छ भने प्रसोधनकेन्द्र निर्माणको काम जारी रहेको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL