Logo

कर्मचारी नपाएपछि नेपाल एयरलाइन्सले घटायो एयर होस्टेजको उचाइ

कर्मचारी नपाएपछि नेपाल एयरलाइन्सले घटायो एयर होस्टेजको उचाइ


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । नेपाल बायुसेवा निगमले आफ्नो मौजुदा व्यवस्थामा परिमार्जन गर्दै एयर होस्टेजको उचाइ घटाएको छ । एयरलाइन्सले यस अघि ५ फिट ४ इञ्च उचाइ भएका व्यक्तिलाई मात्र एयर होस्टेजमा लिँदै आएकोमा अबदेखि फिट २ इञ्च उचाइ भएकालाई पनि लिने गरी मापदण्ड परिमार्जन गरेको छ ।

केही समय अघि निगमले २० जना एयर होस्टेज मागेको थियो । तर, उचाइकै कारण माग अनुरुप आवेदन नपरेपछि उचाइ घटाइएको जानकारी दिएको छ । एयरलाइन्सले ५ फिट ४ इञ्च उचाइ भई प्लस टु उतिर्ण गरेका १८ देखि २५ बर्ष उमेर समुहका युवतिहरुले आवेदन दिन सक्ने गरी एयर होस्ट व्यवस्था थियो ।

एयर होस्टेजको उचाई ५ फिट ४ इञ्च कायम गर्दा आवश्यक कर्मचारीको आवेदन नपरेकाले पदपूर्ति समितिले नै त्यसमा परिवर्तन गरेको निगमका प्रवक्त रविन्द्र श्रेष्ठले बताए । ‘५ फिट ४ इञ्च उचाइ भएको मापदण्ड बनाउँदा सबै नराम्रा मात्र आए,’ उनले भने, ‘एयर होस्टेजमा आवश्यक जनशक्ति छनौट गर्न यस पटक ५ दशमलव २ इञ्च उचाइ कायम गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL