Logo

काठमाडौं महानगरपालिकाको बजेट पौने १३ अर्ब, गाडी खरिदका लागि मात्र ७ करोड

काठमाडौं महानगरपालिकाको बजेट पौने १३ अर्ब, गाडी खरिदका लागि मात्र ७ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि पौने १३ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिकाले कुल १२ अर्व ८७ करोड रूपैया बजेट विनियोजन गरेको हो ।

विनियोजित बजेटमध्ये गाडी खरिदका लागि मात्रै ७ करोड रूपैया छुट्याएको छ । महानगरपालिकाले नवनिर्वाचित प्रतिनिधिलाई तलब, भत्ता तथा पोसाकलगायतका शिर्षकमा झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी तलब र भत्ता शिर्षकमा २ करोड १५ लाख रुपैयाँ र जनप्रतिनिधिको स्वास्थ्य उपचारका लागि २० लाख रूपैया विनियोजन गरेको छ । महानगरले भौतिक पुर्वाधार विकासका लागि ८ अर्व ९८ करोड रूपैया विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL