Logo

भरतपुरमा पुनः मतदान गर्न सर्वोच्चको आदेश

भरतपुरमा पुनः मतदान गर्न सर्वोच्चको आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आदेश दिएको छ । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आइतबार आदेश दिएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला मतपत्र च्यातेपछि गणना रोकिएको थियो । यस अघि निर्वाचन आयोगले पनि पुनः मतदान गर्न निर्देशन दिएको थियो । तर आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

मेयरमा एमाले उम्मेदवार देबि ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला ९१ वटा मतपत्र च्यातिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL